सरकारी
कार्यालयको वेबसाईट निर्माण तथा व्यवस्थापन निर्देशिका, २०७८
नेपाल सरकारले सुशासन
ऐन, २०६४ को दफा ४५ अनुसार यो निर्देशिका जारी गरेको छ।
- नाम र
प्रारम्भ
- नाम: सरकारी
कार्यालयको वेबसाईट निर्माण तथा व्यवस्थापन निर्देशिका, २०७८
- तुरुन्त
लागू हुने।
- वेबसाइट
निर्माण अनिवार्य
- सबै
सरकारी कार्यालयले आफ्नो वेबसाइट निर्माण र सञ्चालन गर्नुपर्छ।
- वेबसाइट
निम्न मापदण्ड अनुरूप हुनुपर्छ:
- संविधान
र कानुन विपरीत नहुने।
- जाति, धर्म, लिङ्ग वा समुदायमा नकारात्मक असर
नपार्ने।
- गोपनीयता
कायम गर्ने।
- विद्युतीय
कारोबार ऐन, २०६३ का प्रावधानअनुसार रहने।
३. वेबसाइटमा राखिने विषय वस्तु
(१) सरकारी कार्यालयले आफ्नो वेबसाइटमा देहायका विषय वस्तु
समेट्नुपर्छ:
(क) कार्यालयको स्पष्ट दृष्टिकोण, लक्ष्य र उद्देश्य
(ख) कार्यालय प्रमुख, प्रवक्ता,
सूचना अधिकारी, गुनासो सुन्ने अधिकारी र अन्य
पदाधिकारीहरुको परिचय तथा जिम्मेवारी
(ग) कार्यालयले सम्पादन गर्ने काममा
सम्बन्धित जिम्मेवार कर्मचारीको विवरण र सम्पर्क ठेगाना (टेलिफोन र इमेल)
(घ) कार्यालयबाट प्रवाह हुने सेवासँग
सम्बन्धित नीति तथा कानूनी व्यवस्था
(ङ) कार्यालयबाट प्रवाह हुने सेवा सम्बन्धी
सूचनामूलक विवरण
१. कार्यालयबाट प्रवाह हुने सेवाको विवरण
2. नागरिक बडापत्र
3. सेवाहरुको सूची तथा मुद्रण योग्य विवरण
4. सेवा प्राप्त गर्ने कार्यविधि
5. सेवा प्राप्त गर्न पूरा गर्नु पर्ने शर्तहरु
6. सेवा प्राप्त गर्न आवश्यक फारामको डाउनलोड योग्य ढाँचा (Downloadable
Format)
(च) कार्यालयको काम कारबाहीबारे जानकारी
गराउने विषयहरू
1.
कार्यालयको सम्बन्धमा सामान्य जानकारी
2.
सम्पर्क ठेगाना
3.
बारम्बार सोधिने जिज्ञासाहरु (FAQ)
4.
सुझाव तथा गुनासो पठाउने व्यवस्था
5.
कार्यालयबाट प्रकाशित सूचना, टेण्डर तथा विज्ञप्तिहरु
6.
कार्यालयको कामसँग सम्बन्धित महत्वपूर्ण वेबपेजहरुको लिङ्क
7.
कार्यालयसँग सम्बन्धित तथ्यांक
8.
कार्यालयको वार्षिक प्रतिवेदन, बजेट र योजनासँग
सम्बन्धित कागजातहरु
9.
वेबसाइटको नक्सा झल्काउने साइट म्याप
10.
वेबसाइट भित्रका विषय वस्तुमात्र खोज्न सकिने सर्च इन्जिन (Search Engine)
11.
विषयवस्तु अद्यावधिक गरिदा अद्यावधिक गरिएको मिति
12.
अनलाइन सेवाहरुको लिङ्क
13.
सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हक सम्बन्धी
नियमावली, २०६५ को नियम ३ बमोजिमका सूचनाहरु
(२) उपदफा (१) बमोजिम समेटिने विषयवस्तु कार्यालयको कार्य
प्रकृतिका आधारमा फरक हुन सक्छ।
४. वेबसाइटको निर्माण तथा प्रकाशन
(१)
सरकारी कार्यालयहरूको वेबसाइटमा एकरूपता कायम गर्न सूचना प्रविधि विभागले
वेबसाइटको नमूना (Template) निर्माण गर्नेछ।
(२)
उपदफा (१) बमोजिमको नमूना (Template) लाई सबै सरकारी
कार्यालयले आफ्नो वेबसाइट निर्माण गर्दा प्रयोग गर्नुपर्नेछ।
(३)
सरकारी कार्यालयले वेबसाइटको निर्माण तथा प्रकाशन गर्दा निम्न आधारभूत विषयहरूमा
ध्यान दिनुपर्नेछ:
(क) वेबसाइट
उपयोगकर्ताले सहजै उपयोग गर्न सक्ने (User Friendly Navigation) र पहुँचयोग्य हुनु
पर्ने।
(ख) वेबसाइटमा
प्रवाहित सामग्रीको वर्गीकरण र प्राथमिकीकरण गरी राखिएको हुनुपर्ने।
(ग) कुनै पनि
सामग्रीसँग पहुँच स्थापित गर्न तीन पटकभन्दा बढी क्लिक (Click) गर्नु नपर्ने गरी
डेप्थ लिङ्क (Depth Links) निर्माण गर्नुपर्ने।
(घ) वेबसाइटमा
राखिने सामग्रीको समाप्ति मिति राखी सो मिति पश्चात आफैं अभिलेखीकृत हुने वा
मेटिने व्यवस्था मिलाउनु पर्ने।
(ङ) वेबसाइटमा
राखिएका सामग्री आवश्यकता अनुसार निम्न ढाँचामा उपलब्ध गराउने व्यवस्था मिलाउनु
पर्ने:
- एच.टी.एम.एल.
(HTML)
- वर्ड (Word)
- पी.डी.एफ.
(PDF)
(च) वेबसाइटमा
राखिएका सामग्री सजिलै प्रिन्ट गर्न सकिने (Printer Friendly) हुनुपर्ने।
(छ) निर्माण गरिएको
वेबसाइटको सुरक्षा जोखिमको परीक्षण गरिएको हुनुपर्ने।
(ज) वेबसाइटमा
प्रकाशन गर्ने सामग्री नेपाली (युनिकोड) र सम्भव भएसम्म अङ्ग्रेजी भाषामा तयार
गर्नुपर्ने।
(झ) वेबसाइटको
करेन्ट अपडेट सेक्सन (Current Updates
Section) मा कार्यालयको गतिविधिसँग सम्बन्धित समसामयिक समाचार,
घटना र सूचनाहरू राख्ने व्यवस्था गर्ने।
(ञ) सरकारी
कार्यालय आफैंले वेबसाइटमा रहेका सूचना वा विवरणहरू अद्यावधिक गर्न सक्ने व्यवस्था
गर्ने।
(ट) सरकारी इमेल
हेर्न सकिने व्यवस्था गर्ने।
(ठ) लो ब्यान्डविथ
मोड (Low Bandwidth
Mode) हुने व्यवस्था गर्ने।
(ड) मोबाइल, ट्याबलेटलगायतका
उपकरणहरूमा वेबसाइट खोल्दा समेत लेआउट मिल्ने (Responsive) हुनुपर्ने।
(ढ) आवश्यकतानुसार
फन्ट साइज बढाउन वा घटाउन मिल्ने।
(ण) मिति र समय
नेपाली भाषामा देखाउने।
(त) कार्यालयको
सामाजिक सञ्जालसँग आबद्ध गराउने।
(थ) वेबसाइटमा
अनिवार्य रूपमा Secure Socket
Layers (SSL) / Transport Layer Security (TLS) Certificate को
प्रयोग गर्नुपर्ने।
(द) वेबसाइटमा
लिङ्क राख्दा कार्यालयसँग सम्बन्धित मन्त्रालय, विभाग, कार्यालय वा
सोही प्रकृतिको कार्य गर्ने र प्रमुख सरोकार रहने कार्यालयहरूको वेबसाइटलाई
प्राथमिकता दिने।
(ध) अपाङ्गता भएका
व्यक्तिहरूका लागि पहुँचयोग्य हुने गरी बनाइनु पर्ने।
(४)
यस निर्देशिका बमोजिम निर्माण गरिएका वेबसाइटहरू सरकारी एकीकृत डाटा सेन्टर (Government
Integrated Data Center) मा होस्ट गर्नु पर्नेछ।
(५)
सरकारी कार्यालयले वेबसाइट निर्माण गरेपछि निर्माणकर्ताबाट निम्न सामग्रीहरू
लिनुपर्नेछ:
- स्रोत कोड
(Source
Code)
- टेक्निकल
डकुमेण्टेसन (Technical
Documentation)
- क्रिडेन्सियल्स
(User Name
and Password)
- युजर
म्यानुअल (User
Manual)
५. वेबसाइटको प्रचार/प्रसार
- Metadata (keyword) प्रयोग
गरी Search Engine अनुकूल बनाउने (Google, Bing,
Yahoo आदि)।
- Search Engine ले
भेट्न नसक्ने Manual Submission मार्फत पहुँच कायम
गर्ने।
६. वेबसाइट प्रयोगको मूल्याङ्कन
- Unique Visitors को
सङ्ख्या ट्र्याक गर्ने।
- धेरै
अवलोकन गरिएका पृष्ठहरू अद्यावधिक गर्ने।
- थोरै
अवलोकन गरिएका पृष्ठहरूको लगत राखी सुधार गर्ने।
- धेरै
डाउनलोड भएका फाइलहरू सूचीकृत गर्ने।
- थोरै
डाउनलोड भएका फाइलहरूको सुधार गर्ने।
- Bandwidth Utilization र Visitor Frequency ट्र्याक गर्ने।
७. वेबसाइट अद्यावधिक गर्ने
- वेब
एडमिनिष्ट्रेटर तोक्ने।
- नयाँ सूचना
अद्यावधिक गर्ने, पुराना हटाउने।
- नयाँ कानून, नीति, कार्यक्रम ३–७ दिनभित्र अपडेट गर्ने।
- कार्यालय
ठेगाना वा पदाधिकारी परिवर्तन भए २४ घण्टाभित्र अपडेट गर्ने।
- अन्य सूचना
७ दिनभित्र अद्यावधिक गर्ने।
- अद्यावधिकको
अनुगमन कार्यालय प्रमुखले गर्ने।
८. सुरक्षा परीक्षण गर्ने
- सूचना
प्रविधि विभागबाट कम्तीमा वर्षको एक पटक वेबसाइटको सुरक्षा परीक्षण गर्ने।
९. सहयोग लिन सकिने
- सरकारी
कार्यालयले सूचना प्रविधि विभागबाट प्राविधिक सहयोग लिन सक्ने।
- विभागले
अनुरोध प्राप्त भएको तीन दिनभित्र सहयोग उपलब्ध गराउने।
१०. समन्वय गर्नु पर्ने
- वेबसाइट
निर्माण गर्नु पूर्व सूचना प्रविधि विभागसँग समन्वय गर्ने।
११. अनुगमन गर्ने
- सरकारी
कार्यालयको वेबसाइट निर्माण तथा व्यवस्थापनको अनुगमन संचार तथा सूचना प्रविधि
मन्त्रालयले गर्ने।
१२. खारेजी तथा बचाउ
- सरकारी
निकायको वेबसाइट निर्देशिका, २०६८ खारेज।
- २०६८
निर्देशिका अनुसार भएका कार्यहरू नयाँ निर्देशिका अनुरूप मानिने।